सर्वोच्च अदालतले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन

नेपालभ्युज

सर्वोच्च अदालतले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन

काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले नचिन्ने स्पष्ट पारेको छ ।

जनयुद्ध दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा अदालतले यस्तो प्रष्टोक्ति दिएको हो ।

“संविधानले नचिनेको शब्द प्रयोग गरी संविधानप्रतिकूल निर्णय गरेको भनी परेको यस विवादमा संविधानमा प्रयुक्त भएका उक्त शब्दलाई हेर्नुपर्ने र सोही आधारमा संविधानसभाको मनसाय पहिचान गर्नुपर्ने हुन्छ,” न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ।

पूर्णपाठमा संविधानमा ‘जनयुद्ध’ शब्द प्रयोग नगरी ‘सशस्त्र संघर्ष’ शब्द प्रयोग भएको देखिँदा संविधानसभाले जानी/बुझी वा सोचविचार गरी वा मनसायपूर्वक ‘जनयुद्ध’ शब्द नराखी त्यसको सट्टा ‘सशस्त्र संघर्ष’ शब्द प्रयोग गरेको भन्ने अर्थबोध गर्नुपर्ने वा मान्नुपर्ने पनि प्रष्ट पारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved