प्रधानमन्त्रीको आश्वासन : मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्

नेपालभ्युज

प्रधानमन्त्रीको आश्वासन : मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।

मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरे ।

सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार बागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए ।

गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved