माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान सम्मेलनबारे छलफल

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान सम्मेलनबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान सम्मेलनबारे छलफल भएको छ ।

शुक्रबार अपराह्न पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनको विषयमा छलफल भएको उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा, सरकारका कामकारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको सापकोटाले सुनाए ।

शुक्रबार २ घण्टा बसेको बैठकमा अध्यक्ष प्रचण्डले विधान र विधान सम्मेलनको विषयमा धारणा राखेका थिए ।

प्रवक्ता सापकोटाले भने, ‘‘अध्यक्ष प्रचण्डले अहिलेको वर्तमान परिस्थिति र र राजनीति जटिल र पेचिलो बनेको धारणा राख्नुभयो । कानुन निर्माण गर्ने र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयमा उहाँले धारणा राख्नुभयो । त्यसपछि विधान मस्यौदा समिति कार्यदल संयोजक पम्फा भुसाल, त्यसपछि वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह, राम कार्की, शशी श्रेष्ठले धारणा राख्नुभयो ।’’

बैठक शनिबारसम्म चल्नेछ । यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved