मीनेन्द्र भन्छन्- माओवादीको वैशाखीमा हिँडेर कांग्रेस कहीँ पुग्दैन

नेपालभ्युज

मीनेन्द्र भन्छन्- माओवादीको वैशाखीमा हिँडेर कांग्रेस कहीँ पुग्दैन

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले अहिले बलियो कांग्रेस चाहिएको बताएका छन् ।

शुक्रबार सुरू भएको पार्टीको काठमाडौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “माओवादीको वैशाखीबिना उभिनसक्ने कांग्रेसको आवश्यकता छ यत्तिबेला,” सम्बोधनका क्रममा नेता रिजालले भने, “माओवादीको वैशाखीमा हिँडेर कांग्रेस कहीँ पुग्दैन ।”

बहसमा नयाँ कांग्रेस ल्याइएको भन्दै उनले भनेका छन्, “नयाँ होइन, माओवादीको वैशाखीबिना उभिनसक्ने कांग्रेस चाहिएको छ ।”

अगाडि उनले भने, “प्रतिस्पर्धाले तेस्रो दल यति सानो छ कि त्यसलाई काखीमा राखेर एकले अर्कोलाई तह लगाउनुपर्ने अवस्था छ । अघिल्लो पटक केपी शर्मा ओलीले ११ निर्वाचन क्षेत्रमा मात्र ठूलो पार्टी भएको माओवादीलाई बोकेर १०० सीटमा लड्दा ८० सीट जिते । अहिले हामीले माओवादीलाई बोकेर ५७ सीट जितेका छौँ । तर, भोट ओलीको भन्दा कम छ । यस्तै वैशाखीमा हिँडेर कांग्रेस कहीँ पनि पुग्दैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved