पाकिस्तानमा इमरान खानको पार्टी बहुमत नजिक, सेनासमर्थित सरिफको पार्टीको हार निश्चित

नेपालभ्युज

पाकिस्तानमा इमरान खानको पार्टी बहुमत नजिक, सेनासमर्थित सरिफको पार्टीको  हार निश्चित

काठमाडौं । पाकिस्तानमा बिहिबार सम्पन्न आम निर्वाचनको जारी मतगणनाले जेलमा रहेका इमरान खानको पार्टीले बलियो अग्रता बनाएको छ । नेसनल एसेम्बली र प्रान्तीय चुनावका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ ।

पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पीटीआई समर्थक निर्दलीय उम्मेदवारहरूले अहिले १५० सिटमा अग्रता बनाएको विवरण सार्वजनिक भएका छन् । खानको पार्टी पीटीआइलाई निर्वाचन आयोगले चुनाव चिन्ह नदिएपछि पार्टीले स्वतन्त्र उम्मेद्वारमार्फत चुनाव लडेको हो ।

जेलभित्रैबाट निर्दलीय चुनावमा होमिएका इमरान खानले बलियो अग्रता बनाउदै जाँदा आयोगले मतपरिणाम सार्वजनिक गरेको छैन । सेनाको पनि साथ रहेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ ।

विजयी सुनिश्चित ठानेर लाहौरको मोडल टाउनमा पीएइल–एनले नवाज शरिफको विजयी भाषणका लागि स्टेज नै बनाइ सकेको थियो । पार्टीको लज्जास्पद परिणाम आउने भएपछि उनका लागि बनाइएको स्टेज भत्काइएको छ ।

पार्टी हार्ने देखेपछि नवाज शरिफ विदेश हिडेको चर्चा चलेको छ । इमरान समर्थक उम्मेदवारले जित्न थालेपछि निर्वाचन अधिकृतले परिणाम दिन नमानेको पीटीआईका कार्यकर्ताले आरोप लगाएका छन् ।

इमरान समर्थक निर्दलीय उम्मेदवार बहुमतनजिक रहेको आँकडा सार्वजनिक भइरहदा, जेलभित्रै बाट इमरान प्रधानमन्त्री बन्ने देखिएको छ ।

पाकिस्तानको नेसनल एसेम्बलीमा जम्मा ३३६ सिट छन् । यसमध्ये २६५ सिटमा भएको चुनावको मतगणना जारी छ । बाँकी ७० सिट भने आरक्षित हुन् । ६० सिट महिलाका लागि र अन्य १० सिट गैरमुस्लिमका लागि आरक्षित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved