राष्ट्रिय सभाबाट नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

नेपालभ्युज

राष्ट्रिय सभाबाट नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन स्वीकृत
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकले सो प्रतिवेदन सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको समितिका सभापति आलेमगरले जवाफ दिएका थिए । उक्त प्रतिवेदनमाथि संशोधन राख्न चाहने सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारी गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved