प्रधानमन्त्री दाहालको काम गर्ने तरिका भएन: गगन थापा

नेपालभ्युज

प्रधानमन्त्री दाहालको काम गर्ने तरिका भएन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् ।

निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्ने कुरा मुर्खता शिवाय अरु केही नहुने महामन्त्री थापाको भनाइ छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालले पछिल्लो समयमा दिँदै आएको निर्देशनप्रति संकेत गर्दै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने जिकिर गरे । उनले प्रधानमन्त्रीले कार्यालय प्रमुख झैं देशको प्रमुखको रुपमा काम गरेर मात्रै मुलुकको समस्या पहिचान हुने र त्यसले समाधान पनि पाउने दाबी गरे ।

महामन्त्री थापाले तीन वटै तहको सरकारले निर्देशन दिने मात्रै काम गरेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved