सर्लाही दुर्घटना अपडेट: कार्यालय सहयोगी घिमिरेको मृत्यु, कार्यालय प्रमुखसहित तीन जनाको अवस्था गम्भीर

नेपालभ्युज

सर्लाही दुर्घटना अपडेट:  कार्यालय सहयोगी घिमिरेको मृत्यु, कार्यालय प्रमुखसहित तीन जनाको अवस्था गम्भीर

काठमाडौं । सर्लाहीको मलंगवा, गमहरियामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा गम्भिर घाइते भएका विनोद घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो ।

सर्लाही नापी कार्यालयका कार्यालय सहयोगी घिमिरेको न्यूरो अस्पताल बारामा मंगलबार विहान मृत्यु भएको हो । सर्लाही नापी कार्यालयका प्रमुखसहितका कर्मचारीहरु चढेको भारतीय नम्बरको जीप ट्याक्टरसँग सोमबार बेलुका ठोक्किएर दुर्घटनामा परेको थियो ।

ट्याक्टर र जिप ठोक्कियो, नापीका प्रमुखसहित ११ जना घाइते

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये कार्यालय प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिकाका ४५ वर्षीय सञ्जय मानन्धरसहित ३ जनाको अवस्था गम्भीर छ ।

उनीहरु कार्यालयकै एक कर्मचारीको घरमा आयोजित पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै थिए । दुर्घटनामा परेको जिप क्षतिग्रस्त भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved