ट्याक्टर र जिप ठोक्कियो, नापीका प्रमुखसहित ११ जना घाइते

नेपालभ्युज

ट्याक्टर र जिप ठोक्कियो, नापीका प्रमुखसहित ११ जना घाइते

काठमाडौं । सर्लाहीको मलंगवा- ११ मा ट्याक्टर र जिप ठोक्किएको छ । दुर्घटनामा जिल्ला नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उखु बोकेको ज.२ च १०६४ नम्बरको ट्याक्टर र बिआर–०६–पिडी–९६४८ नम्बरको नापी कार्यालयका प्रमुख मानन्धर सवार सफारी जिप आसपमा ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा  ४ जना गम्भिर, ४ जना मध्यम र ३ जना सामान्य घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved