राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई प्रस्ताव

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई प्रस्ताव

काठमाडौं। राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।

आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको कार्यकाल सकिने भएपछि नयाँ अध्यक्ष चयनका लागि निर्वाचन हुन लागेको हो ।

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ ।

कार्यतालिकामा फागुन १८ गते पुराना सदस्यहरुको अनुभव आदानप्रदान गर्ने र २१ गते नयाँ सदस्यहरुलाई स्वागत गर्ने उल्लेख छ । अहिले सम्भावित कार्यातालिका बने पनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने छ ।

राष्ट्रियसभाले फागुन ३० गते समिति सभापतिको निर्वाचनको दिन र समय निर्धारण गर्ने सम्भावित कार्यतालिका तय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved