नेताहरूलाई सुवालको प्रश्नः काठमाडौं बस्ने तर विकासको आस नगर भन्ने ?

नेपालभ्युज

नेताहरूलाई सुवालको प्रश्नः  काठमाडौं बस्ने तर विकासको आस नगर भन्ने ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो – आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनकै बेला जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने बताए । उनले जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने उनको कटाक्ष थियो । उनले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताए ।

उनले भने, ‘विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भन्ने छ । सार्वजनिक निकाय भन्नाले जनताको शेयर भएको पनि सार्वजनिक निकाय हो । जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्छ । जनतासँग शेयर उठाएपछि त हजारौँ हजार जनताको शेयर भएको कम्पनी निजी हुन सक्दैन ।’

सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved