प्रधानमन्त्री कप क्रिकेट

कर्णालीसँग हारेपछि एपीएफको फाइनल पुग्ने सम्भावना सकियो, आसिफको शतक

नेपालभ्युज

कर्णालीसँग हारेपछि एपीएफको फाइनल पुग्ने सम्भावना सकियो, आसिफको शतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आफ्नो अन्तिम खेलमा एपीएफ कर्णाली प्रदेशसँग २१ रनले पराजित भएको छ । यो सँगै एपीएफको फाइनल पुग्ने सम्भावना पनि सकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा २०७ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अलआउट भयो।

एपीएफका लागि आसिफ शेखले शतकीय पारी खेले । तर, जित दिलाउन सकेनन् । उनले ११६ बलमा १० चौकार २ छक्का प्रहार गर्दै १०८ रन बनाए। अमर रौतेला २८ रनमा अविजित रहँदा कप्तान रोहित कुमार पौडेलले १४ रन बनाए।

कर्णालीका प्रकाश जैशीले ४ विकेट लिए । दिपेन्द्र रावत र यूनिश सिंहले २–२ तथा दिवान पुन र दिनेश अधिकारीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको कर्णाली ४४.१ ओभरमा २०६ रनमा अलआउट भएको थियो । कर्णालीका हिमान्शु शाही र अर्जुन घार्तीले अर्धशतकक बनाए । हिमान्शुले ६२ रन र अर्जुनले भने ५३ रनको योगदान गरे।

९ खेलबाट १० अंक जोडेको एपीएफ अंक तालिकाको पाँचौँ स्थानमा रह्यो । फाइनलको दौडबाट यसअघि नै बाहिरिएको कर्णाली भने ८ अंकसहित सातौं स्थानम रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved