छत्तीसगढको सुरक्षा क्याम्पमा माओवादी आक्रमण, तीन प्रहरीको मृत्यु

नेपालभ्युज

छत्तीसगढको सुरक्षा क्याम्पमा माओवादी आक्रमण, तीन प्रहरीको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढस्थित बिजापुर–सुकमा जिल्लाको सीमामा अवस्थित टेकुलगुडममा रहेको सुरक्षा बलको क्याम्पमा माओवादीले आक्रमण गरेको छ ।

आक्रमणमा परी तीन प्रहरी जवानको मृत्यु भएको छ भने १४ प्रहरी घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।

माओवादी प्रभावित उक्त क्षेत्रमा प्रहरीले गत मंगलबार मात्रै नयाँ शिविर स्थापना गरेको थियो । माओवादीको खोजी अभियानमा निस्किएका प्रहरीमाथि शंकास्पद माओवादीले चौतर्फी हमला गरेका थिए ।

केही घण्टासम्म चलेको दोहोरो भिडन्तमा परी घाइते जवानलाई उपचारका लागि जगदलपुर रिफर गरिएको बीबीसी हिन्दीले लेखेको छ । तीमध्ये धेरै प्रहरीको अवस्था चिन्ताजनक रहेको छ ।

तेकुलगुडम क्षेत्रमा सन् २०२१ मा माओवादीसँगको भिडन्तमा २३ प्रहरी मारिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved