३६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद

नेपालभ्युज

३६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद

पर्सा । वीरगन्जबाट ठूलो परिमाणमा कस्मेटिक सामान र जुत्ता बरामद भएको छ ।

वीरगन्ज महानगरपालिका- १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट अवैधरुपमा भित्र्याइएको करीव ३६ लाख ४० हजार रुपैयाँ बराबरको कस्मेटिक सामान र जुत्ता सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।

भारतबाट अवैधरुपले साईकलमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो ।

कारोबारमा संलग्न व्यक्तिहरु भने फरार भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बरामद सामान भने सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved