सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

नेपालभ्युज

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदविरूद्ध प्रहरीमा उजुरी परेको छ ।

बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले मन्त्री साउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले मन्त्री साउदले आफूलाई ज्यानको धम्की दिएको भन्दै बोहराले उजुरी हालेको जानकारी दिए ।

उनकाअनुसार बोहराले साउदलाई विभिन्न मितिमा पैँसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् ।

मन्त्री साउदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा जानकारी नभएको बताए ।

त्यसबारे आफूले बुझिरहेको बताउँदै साउदले उनीसँग कुनै लेनदेन नभएको दाबी पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved