‘ट्वेल्थ फेल’ बन्यो उत्कृष्ट फिल्म, रणवीर र आलिया बने उत्कृष्ट अभिनेता–अभिनेत्री

नेपालभ्युज

‘ट्वेल्थ फेल’ बन्यो उत्कृष्ट फिल्म, रणवीर र आलिया बने उत्कृष्ट अभिनेता–अभिनेत्री

एजेन्सी । ६९ औँ फिल्मफेयर अवार्डमा बलिउड फिल्म ‘१२ वीं फेल’ उत्कृष्ट फिल्म बनेको छ ।

आइतबार गुजरातमा आयोजित अवार्ड कार्यक्रममा विक्रान्त मैसी अभिनीत फिल्म ‘१२ वीं फेल’ यस वर्षको उत्कृष्ट फिल्म बनेको हो ।
‘१२ वीं फेल’ बाटै विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

फिल्म ‘एनिमल’ बाट रणवीर कपूरले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘रकी और रानीकी प्रेम कहानी’बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अवार्ड समारोह २७ र २८ जनवरीमा भएको हो । पहिलो दिन प्राविधिक विधामा अवार्ड वितरण गरिएको थियो ।

फिल्मफेयर अवार्डमा विजेताका पूर्ण सूची:

नेपालमा समेत चर्चामा छिन् ‘ट्वेल्थ फेल’की श्रद्धा अर्थात् मेधा शंकर, बलिउडमा यसरी आइन्

उत्कृष्ट फिल्म
१२ वीं फेल

उत्कृष्ट निर्देशक
विधु विनोद चोपडा– १२ वीं फेल

उत्कृष्ट अभिनेता
रणवीर कपूर– एनिमल

उत्कृष्ट अभिनेत्री
आलिया भट्ट– रकी और रानीकी प्रेम कहानी

उत्कृष्ट फिल्म (क्रिटिक्स)
जोरम– देवाशीष मखीजा

उत्कृष्ट अभिनेता (क्रिटिक्स)
विक्रान्त मैसी– १२ वीं फेल

उत्कृष्ट अभिनेत्री (क्रिटिक्स)
रानी मुखर्जी– मिसेज चटर्जी भर्सेस नर्वे

उत्कृष्ट सहायक अभिनेत्री
शबाना आजमी– रकी और रानीकी प्रेम कहानी

उत्कृष्ट सहायक अभिनेता
विक्की कौशल– डंकी

उत्कृष्ट एल्बम
एनिमल

उत्कृष्ट पार्श्व गायक
भूपिन्दर बब्बल– अर्जन भेली (एनिमल)

उत्कृष्ट पार्श्व गायिका
शिल्पा राव– बेशरम रंग (पठान)

उत्कृष्ट शब्द
अभिताभ भट्टाचार्य– तेरे वास्ते (जरा हटके जरा बचके)

लाइफटाइम अचिभमेन्ट अवार्ड
डेविड धवन

उत्कृष्ट कथा
अमित राय– ओ माई गड २

उत्कृष्ट स्क्रीनप्ले
विधु विनोद चोपडा– १२ वीं फेल

उत्कृष्ट डाइलग
इशिता मोइत्रा रकी और रानीकी प्रेम कहानी

उत्कृष्ट नवअभिनेता
आदित्य रावल– फराज

उत्कृष्ट नवअभिनेत्री
अहिजेह अग्निहोत्री– फर्रे

उत्कृष्ट नवनिर्देशक
तरुण दुदेजा– धक धक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved