नेपालमा हिन्दी फिल्म ‘ट्वेल्थ फेल’को चर्चा, सञ्जालमा किन देखिन्छन् प्रशस्त पोस्ट ? (भिडिओ)

इमानदारीको लडाइँ, गरिबीको लडाइँ, सिकाइको लडाइँ, सफलताको लडाइँलाई फिल्मले एउटै मालामा उनेको छ । मनोजले प्रेमिका श्रद्धा जोशी पात्र अर्थात् मेधा शंकरको मद्दतमा आफ्नो सपना सकार पार्छन् ।

नेपालभ्युज

नेपालमा हिन्दी फिल्म ‘ट्वेल्थ फेल’को चर्चा, सञ्जालमा किन देखिन्छन् प्रशस्त पोस्ट ? (भिडिओ)

काठमाडौं । २७ अक्टोबर २०२३ अर्थात् (कात्तिक १० गते)मा भारतमा रिलिज भएको फिल्म ‘ट्वेल्थ फेल’को चर्चा अहिले नेपालमा छ । रिलिजको समयमा नेपालीहरूले नाम समेत नसुकेको सो फिल्म युट्युबमा राखिएपछि भने नेपालमा काफी चर्चा भएको हो ।

सामाजिक सञ्जालमा अहिले यस फिल्मका पात्र मनोज श्रद्धाबारे पोस्टहरू भइरहेको देखिन्छन् । एक हप्ताअघि युट्युबमा रिलिज भएको फिल्मबारे सामाजिक सञ्जालमा प्रशस्त पोस्टहरू भेटिन्छन् ।

यो फिल्म एक आईपीएस अर्थात् ‘इन्डियन पुलिस सर्भिस’ अफिसरको प्रेरणादायक कथामा आधारित छ । फिल्मको मुख्य पात्र मनोजकुमार शर्मा १२ कक्षाको परीक्षामा फेल हुन्छन् । अर्को साल परीक्षामा सेकेन्ड डिभिजनमा पास हुन्छन् ।

आईपीएसको तयारीको परीक्षाको लागि यूपीएसजीसीमा दुई पटक फेल हुन्छन् । बारम्बार फेलपछि मनोज शर्माले आफूलाई ‘रिस्टार्ट’ गर्छ र, फेरि अघि बढ्छ ।

पढाइमा कमजोरहरूका लागि त यो असम्भवजस्तै हुन्छ । पढाइ होस् वा दृढ विश्वास, दुवैमा यो परीक्षाले व्यक्तिलाई बारम्बार विचलित बनाइदिन्छ । फिल्ममा यही लडाइँले मनोजकुमार शर्मा (विक्रान्त मेसी) को संघर्ष असाधारण छ ।

नेपालमा समेत चर्चामा छिन् ‘ट्वेल्थ फेल’की श्रद्धा अर्थात् मेधा शंकर, बलिउडमा यसरी आइन्

इमानदारीको लडाइँ, गरिबीको लडाइँ, सिकाइको लडाइँ, सफलताको लडाइँलाई फिल्मले एउटै मालामा उनेको छ । मनोजले प्रेमिका श्रद्धा जोशी पात्र आर्थान् मेधा शंकरको मद्दतमा आफ्नो सपना सकार पार्छन् ।

यो फिल्मको कथापछि श्रद्धाको भूमिकामा रहेकी अभिनेत्री मेधा शंकरको पनि चर्चा भइरहेको छ । निकै सरल भेषमा प्रस्तुत भएकी उनी मनोजको जीवनमा महत्त्वपूर्ण साबित भएकी छन् ।

विधु विनोद चोपडा उत्कृष्ट चलचित्र निर्माता हुन् । फिल्ममा दर्शकलाई समेत मनोजको सफलता वा असफलतामा सामेल भएको महसुस गराउने खालको प्रस्तुति छ ।

ऊ यूपीएसजीसीको अन्तिम चरण (अन्तर्वार्ता) का लागि जाँदा पर्दाको तनाव दर्शकको अनुहारमा पनि झल्किन्छ । यसले गर्दा फिल्म बास्तबिक जस्तो लाग्छ । फिल्ममा श्रद्धाको साथले मनोजले पाएको सफलताको नेपालमा सामाजिक सञ्जालमा काफी चर्चा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved