नेपालमा समेत चर्चामा छिन् ‘ट्वेल्थ फेल’की श्रद्धा अर्थात् मेधा शंकर, बलिउडमा यसरी आइन्

फिल्म चर्चामा रहेसँगै श्रद्धा जोशीको भूमिकामा रहेकी अभिनेत्री मेधा शंकर पनि चर्चामा छिन् । मेधाको अभिनयले नेपाली दर्शकको मन जितेको छ ।

नेपालभ्युज

नेपालमा समेत चर्चामा छिन् ‘ट्वेल्थ फेल’की श्रद्धा अर्थात् मेधा शंकर, बलिउडमा यसरी आइन्

‘मनोज आइ लभ यु, अब जाओ पलट्दो दुनियाँ’

यो डायलग पछिल्लो समय नेपालमा समेत चर्चा भइरहेको हिन्दी फिल्म ‘ट्वेल्थ फेल’को हो । श्रद्धाले आइलभ यु भनेपछि मनोज मेहनतका साथ पढ्छन् र पास हुन्छन् । अन्तत उनी इन्डियन पुलिस अफिसर आईपीएस बन्न सफल हुन्छन् ।

फिल्म चर्चामा रहेसँगै श्रद्धा जोशीको भूमिकामा रहेकी अभिनेत्री मेधा शंकर पनि चर्चामा छिन् । मेधाको अभिनयले नेपाली दर्शकको मन जितेको छ । एक भावुक दृश्यमा फिल्मको मुख्य पात्र मनोजकुमार शर्माले प्रेमिकासित भनेको यो डाइलग निकै चर्चामा छ ।

बाहर के अन्धेरे से नहीँ
अन्दर कि अंधेरों से डरो ।

श्रद्धा जोशी, वास्तविकतामा मेधा, महाराष्ट्रकी हुन् । उनी भारतको नयाँ दिल्लीमा बस्छिन् । उनी अभिनेत्री मात्र नभएर गायिका तथा मोडल पनि हुन् ।

उनले आफ्नो करिअरको सुरुवात मोडलिङ र टीभी विज्ञापनबाट गरेकी थिइन् । मेधाले फेसन म्यानेजमेन्टमा डिग्री गरेकी छन् ।

सन् २०१५ मा रिलिज भएको सर्ट फिल्म ‘विथ यु फोर यु अलवेज’ देखि मेधाले अभिनय थालेकी हुन् । त्यहाँ उनले मायाको नामबाट भूमिका निभाएकी थिइन् ।

सन् २०१९ मा रिलिज भएको ब्रिटिस हिस्टोरिकल ड्रामा टीभी सिरिज ‘बीचम हाउस’ का दुई एपिसोडमा उनी देखिएकी थिइन् ।

यसपछि सन् २०२१ मा रिलिज भएको कीर्ति कुल्हारीको फिल्म ‘शादिस्तान’देखि उनले बलिउडमा डेब्यु गरेकी हुन् ।

मेधा सन् २०११ मा रिलिज भएको वेब सिरिज ‘दिल बेकरार’ मा पनि देखिइसकेकी छन् ।

२७ अक्टोबर २०२३ मा रिलिज भएको ‘ट्वेल्थ फेल’ उनको पछिल्लो फिल्म हो । फिल्ममा उनको भूमिका र अभिनयलाई धेरैले मन पराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved