यस्तो घरेलु उपायले सुख्खा छालाबाट पाइन्छ छुट्कारा

नेपालभ्युज

यस्तो घरेलु उपायले सुख्खा छालाबाट पाइन्छ छुट्कारा

एजेन्सी । चिसो मौसममा छाला रुखो तथा सुख्खा हुने समस्या एकदमै आम हुन्छ । यस्तोमा तपाईं कामबाट छुट्टी भएको दिन केही घरेलु चिज अनुहारमा लगाउन सक्नुहुन्छ जसले सुख्खा छालाको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

नौनी

तपाईं सुख्खा छालाबाट छुट्कारा पाउन चाहनुहुन्छ भने अनुहारमा नौनी लगाउन सक्नुहुन्छ । यसले छालालाई कसिलो बनाउनुका साथै चाउरीपना तथा कालो दागबाट पनि छुट्कारा दिन्छ ।

मह

महले तपाईंको छालामा मोइस्चराइजरको काम गर्छ । साथमा यसले छालालाई प्राकृतिक रुपमा एक्सफोलियट गर्छ । दुई चम्चा महमा कागतीको रस दुई थोपा मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि अनुहार धुनुहोस् ।

नरिवलको तेल

छाला सुख्खा भएको समस्याबाट छुट्कारा पाउनका लागि तपाईं नरिवलको तेलले मालिस गर्न सक्नुहुन्छ । यसले छाला कसिलो हुनुका साथै चम्किलो पनि हुन्छ ।

बेसन

यसले छालामा चमक ल्याउनुका साथै छाला सुख्खा हुने समस्या पनि कम गर्छ । बेसनमा गुलाब जल मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । यसलाई पनि फेसप्याक जसरी केहीबेर राखेर धुन सकिन्छ ।

यसरी तपाईं घरमै बसेर छुट्टीको दिन सदुपयोग गर्नुका साथै अनुहारको सुख्खापनलाई पनि कम गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved