माधवको दाबी- समाजवादी मोर्चामार्फत नेपाली विशेषताको समाजवाद निर्माण हुन्छ (प्रतिवेदनको पूर्णपाठ)

मोर्चाको घटक दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका नेपालले पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा यसको आवश्यकता औंल्याइएको छ ।

नेपालभ्युज

माधवको दाबी- समाजवादी मोर्चामार्फत नेपाली विशेषताको समाजवाद निर्माण हुन्छ (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं । समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाली विशेषताको समाजवाद निर्माणको आवश्यकता औंल्याएका छन् ।

मोर्चाको घटक दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका नेपालले पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा यसको आवश्यकता औंल्याइएको छ ।

उनले समाजवादी मोर्चामार्फत त्यसको आधार तयार पार्न सकिने दाबीसमेत गरेका छन् । त्यसका लागि मोर्चालाई सही ढङ्गले सञ्चालन गर्नुपर्ने उनले बताएका छन् ।

“सुशासन र सामाजिक न्यायको पक्षमा समाजवादी कार्यदिशा अवलम्बन गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मान्यताका साथ समाजवादी मोर्चा निर्माण गर्ने विषय रणनीतिक महत्त्वको संयुक्त मोर्चा निर्माणको विषय हो,” प्रतिवेदनमा नेपालले भनेका छन् ।

मोर्चालाई ठिक ढङ्गले परिचालन गर्न सकियो भने समाजवादी कार्यदिशा अवलम्बन गर्ने र नेपाली विशेषताको समाजवाद निर्माण गर्ने कार्यमा मोर्चाका घटक दलहरूबीचमा सहकार्य गर्ने आधार तयार गर्न सकिने उनले बताएका छन् । “अन्ततः यसले कम्युनिष्ट तथा वामपन्थीहरूलाई एकताबद्ध र एकीकृत गर्न ऐतिहासिक महत्त्वको भूमिका खेल्नेछ भन्ने अपेक्षा गरिएको छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved