प्रधानमन्त्री कप क्रिकेट

एपीएफले दियो गण्डकीलाई २०८ रनको लक्ष्य, लोकेश बमको अर्धशतक

नेपालभ्युज

एपीएफले दियो गण्डकीलाई २०८ रनको लक्ष्य, लोकेश बमको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबले गण्डकीलाई २०८ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको एपीएफ ४७.२ ओभरमा २०७ रनमा अलआउट भएको हो।

एपीएफका लागि लोकेश बमलेअर्धशतकीय पारी खेले। उनले ६७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। भुवन कार्की ४५ रनमा अविजित रहँदा प्रदिप ऐरीले ३९ रन जोडे। ५ ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्।

गण्डकीका लागि कमल परियारले ३ तथा सन्दीप पराजुली, अमृत गुरुङ र विपिन खत्रीले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved