मेनुकाको आँखाले अब आंशिक रूपमा देख्न सक्ने, इन्डियन आइडल टीमले उपचार गरिदिने

नेपालभ्युज

मेनुकाको आँखाले अब आंशिक रूपमा देख्न सक्ने, इन्डियन आइडल टीमले उपचार गरिदिने

काठमाडौं । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाले अब आंशिक रूपमा देख्न सक्नेभएको छ । उनको आँखाको उपचार गर्न लागिएको इन्डियन आइडलको एपिसोडमा जानकारी दिइयो ।

मेनुका इन्डियन आइडलको उत्कृष्ट १० मा पुगिसकेकी छन् । सुरुको समय देखिनै प्रतियोगितामा निर्णायक अतिथिको मन जित्दै अगाडि बढिरहेकी उनलाई उपाधि दाबेदार समेत मानिएको छ ।

इन्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको छ । सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका अप्टिक नर्भले काम नगरेको भेटिएको थियो ।

त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका थिए । चेकअपमा चिकित्सकले उनले पूर्णरुपमा दृष्टि पाउन नसके पनि विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने बताएका छन् ।

कार्यक्रममा चिकित्सकको एक भिडिओ समेत देखाइएको थियो । भिडिओमा चिकित्सकले उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्ने बताएका छन् । डाक्टरको भिडिओले कार्यक्रममा निर्णायक र प्रतियोगीमा समेत खुसी छाएको थियो ।

निर्णायक मध्यकी एक श्रेया घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved