३३ किलो सुन प्रकरण: विमल पोद्दारसहित १७ विरुद्ध ३ खर्ब बिगो दाबीसहित मुद्दा दर्ता

नेपालभ्युज

३३ किलो सुन प्रकरण: विमल पोद्दारसहित १७ विरुद्ध ३ खर्ब बिगो दाबीसहित मुद्दा दर्ता

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ३३ किलो सुन प्रकरणमा  व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र सङ्गठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको  हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला महान्यायाधिवक्ता सन्देश श्रेष्ठका  अनुसार सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

छानबिनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको सीआईबीका अधिकृतहरुले बताएका थिए ।

६० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दायर हुँदासम्म रुपेशका भाइ दिपेश श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् । उनले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ । उनी विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved