उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी

नेपालभ्युज

उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी

राजविराज । शिलान्यासमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि राजविराजस्थित मधेस प्रदेश कृषि विश्वविद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । जनमत पार्टीका कार्यकर्तासहितका स्थानीयले आइतबार तालाबन्दी गरेका हुन् ।

सोमबार राजविराज –१३ मा विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । शिलान्यासमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउने तयारी छ ।

यसको विरोधमा जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ताहरू आमनेसामने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved