प्रधानमन्त्री कप क्रिकेट

मधेसले दियो कर्णालीलाई २३२ रनको लक्ष्य, हरिशंकर र मयनको अर्धशतक

नेपालभ्युज

मधेसले दियो कर्णालीलाई २३२ रनको लक्ष्य, हरिशंकर र मयनको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेसले कर्णाली प्रदेशलाई २३२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २३१ रन बनाएको हो।

मधेसका लागि कप्तान हरिशंकर शाह र मयन यादवले अर्धशतकीय पारी खेले। कप्तान हरिशंकरले ६१ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए। मयनले भने ८८ बलमा ५ चौका प्रहार गर्दै ५० रन जोडे।

कर्णालीका लागि दिपेन्द्र रावतले ४ विकेट लिए। अनुज चनाराले २ तथा दिनेश अधिकारी, उमेश सिंह र दिवान पुनले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved