चिसो बढेपछि तराईका विद्यालय बन्द 

नेपालभ्युज

चिसो बढेपछि तराईका विद्यालय बन्द 

 बाँके । चिसो बढेपछि तराईका विद्यालय बन्द हुन थालेका छन् । चिसो हावासँगै बाँकेमा दुई सातादेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।

चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले यसअघि नै विद्यालयमा जाडो बिदा दिएका छन् ।

बाँकेमा डुडुवा र राप्तीसोनारी गाउँपालिकाका विद्यालयले पनि आजदेखि जाडो बिदा दिएका छन् ।

चिसोले विद्यार्थीलाई आउजाउ गर्न र कक्षाकोठामा बस्न समस्या भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको उनले बताए ।

राप्तीसोनारी गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

अत्यधिक चिसोले पठनपाठनमा समस्या भएपछि अभिभावकको सल्लाहअनुसार ७ माघसम्म विद्यालय बन्द गरिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved