मधेस प्रदेशमा माघ ८ गते सार्वजनिक बिदा दिन माग

नेपालभ्युज

मधेस प्रदेशमा माघ ८ गते सार्वजनिक बिदा दिन माग

जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिन माग गरिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मुख्यमन्त्री सरोजकुमार यादवलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै सो दिन प्रदेशभर  बिदा दिन र दिपावली मनाउन  माग गरेका हुन् ।

अगामी माघ ८ गते अर्थात् जनवरी २२ तारेखमा राममन्दिरको प्राण प्रतिष्ठा हुँदैछ ।

‘यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइती (नैहर) बाट संसारलाई त्रेता युगीन भगवान श्री रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको सन्देश दिन सरकारी रूपमा उत्सव मनाउन २२ जनवरी २०२४, तद्नुसार २०८० माघ ८ गतेका दिन मधेस प्रदेशमा सार्वजनिक बिदाको घोषणा तथा प्रदेशवासीलाई उक्त दिन दीपावली मनाउन आग्रहपूर्ण सन्देश दिनका लागी विनम्र अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ।

वर्षौंको विवादपछि भारतीय अदालतको निणर्यअनुसार अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माणले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन  प्रदेशमा सार्वजनिक बिदा दिन आग्रह गरिएको जनाइएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved