बदामको दाना बोक्रासँगै खान सही कि गलत ?

नेपालभ्युज

बदामको दाना बोक्रासँगै खान सही कि गलत ?

एजेन्सी । तपाईंलाई थाहा पाएर अचम्म लाग्ला बदामको दानालाई बोक्रासँगै खाँदा बढि फाइदाजनक हुन्छ । जब बदामलाई बोक्रासँगै खाइन्छ, यसको एन्टीअक्सीडेन्ट गुण दुईगुणा बढेर जान्छ । यसले शरीरलाई फाइदा गर्छ ।

बदाममा पोषक तत्व भरपूर मात्रामा हुन्छ । यसभित्र प्रर्याप्त मात्रामा आइरन, क्याल्सियम, जिंक, भिटामिन ईं, बी ६, थायमिन, प्रोटिन आदि पाइन्छ । साथमा यसको बोक्रामा फाइबरको मात्रा हुन्छ ।

यी तत्वले शरीरमा मेटाबोलिज्मको प्रक्रियालाई बढाउँछ जसले गर्दा तौल बढ्न दिँदैन । बदाम बोक्रासँगै खाँदा छालाका लागि पनि फाइदाजनक हुन्छ ।

बदाममा मोनोअनस्याचुरेटेड फ्याट्स हुन्छ, जसले छालाको दागधब्बा, कालो दाग, चाउरीपना आदि कम गर्दछ ।

बदामआँखाको लागि पनि एकदमै राम्रो हुन्छ । यसमा भिटामिन ए पनि पाइने भएकाले आँखाको स्वास्थ्यका लागि राम्रो काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved