तीनवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले बिहान साढे ११ बजे बैठक बोलाएको छ ।

बैठकमा गुठी पीडित मोही किसानहरूको समस्या तथा गुठी सम्बन्धी कानुन लगायतका विषयमा छलफल हुने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि बिहान साढे ११ बजे नै बैठक बोलाएको छ ।

बैठकमा विभिन्न विद्यार्थी संघ/संगठनसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजे बस्दै छ ।

बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण संवर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिकाका सम्बन्धमा छलफल हुने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved