एउटा बल्ब परिवर्तन गरेको १६ लाख तलब !

नेपालभ्युज

एउटा बल्ब परिवर्तन गरेको १६ लाख तलब !

एजेन्सी । जहाँ कतिपय ठाउँमा युवाहरु रोजगार नपाएर समस्या छन् । त्यहीँ संसारमा केही त्यस्ता जागिर पनि छन् जहाँ काम त एकदमै कम हुन्छ तर तलब सुन्दा होस उड्छ ।

आज हामी त्यस्तै एउटा जागिरको बारेमा बताउन गइरहेका छौं । के तपाईंले सोंच्न पनि सक्नुहुन्छ कुनै कम्पनीले बल्ब अर्थात एउटा बत्ती परिवर्तन गरेको लाखौं तलब दिन्छ ? हो एउटा व्यक्तिले बल्ब मात्र फेरेको १६ लाख रुपैयाँ प्राप्त गर्छ ।

उसको माग नै यति धेरै छ कि कयौं कम्पनी लाइन लाग्छन् त्यो व्यक्तिलाई राख्न । के तपाईं पनि गर्न चाहनुहुन्छ यस्तो जागिर ?

उक्त व्यक्तिको नाम केविन स्मिट्ड हो । केविनले सिओक्स फल्स टावर र कम्युनिकेशनका लागि काम गर्दछन् । उनले कम्युनिकेशन टावरका बल्ब परिवर्तन गर्छन् । एकपटक बल्ब परिवर्तन गर्नका लागि कम्पनीले उनलाई १६ लाख रुपैँया दिने गर्छ ।

तपाईंले सोंचिरहनु भएको होल त्यो कस्तो काम हो ? तर त्यो त्यति सजिलो पनि छैन । केविनलाई १५ सय फिट अग्लो टावरमा चढ्नुपर्ने हुन्छ । उनको लागि त्यो सामान्य हो। किनकी उनले त्यो धेरैपटक गरिसकेका छन् । तर, हामी मध्ये सबैको त्यस्तो हिम्मत नहुन पनि सक्छ ।

केविनले आठ वर्ष भन्दा धेरै समयदेखि यो काम गरिरहेका छन् । सोंचिरहनु भएको होला आखिर यति अग्लो टावरमा बल्ब किन लगाइन्छ ?

यसमा कुनै विमान आएर नठोक्कियोस् भनेर बल्ब लगाइन्छ । रातो रंगको यो बल्बले विमान चालकलाई टावर भएको संकेत दिन्छ । उनलाई वर्षमा दुईपटक मात्रै यो टावरमा चढ्नुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved