कारागारमा बम्जनले सोधे – यहाँ जीमखाना छैन ?

नेपालभ्युज

कारागारमा बम्जनले सोधे – यहाँ जीमखाना छैन ?

काठमाडौं । बालयौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका कथित तपस्वी रामबहादुर बम्जनले कारागारमा जीमको सुविधा मागेका छन् ।

बिहीबार जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो । उनलाई अहिले महोत्तरीको जलेश्वर कारागारमा राखिएको छ । बम्जनले आफूले घरमा जिम गर्ने गरेको भन्दै जेलमा भए नभएको सोधेका हुन् ।

सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागारमा लगिएको हो । महोत्तरी कारागारमा पुरुष मात्र राखिएको छ । महिलालाई सिन्धुली कारागारमा राखिएको छ ।

कारागार प्रशासनका एक कर्मचारीले भने, “आफूले घरमा जीम गर्ने भनेको भन्दै उनले यहाँ जीम छैन भनेर सोधे । बिहान हिँडडुल गर्ने मात्र ठाउँ छ । अरु केही छैन भनेर यहाँको सुविधाबारे जानकारी गरायौँ ।”

पहिला तपस्या नगर्ने बम्जनले थाले कारागारभित्रै ‘ध्यान’, अलगै भान्सामा भात पकाएर दिन आग्रह

बम्जन पक्राउ परेका घरभित्र जिमखाना नै खडा गरेको भेटिएको थियो । घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम भेटिएको थियो ।

कारागारमा बम्जनसँगै अरू ५-७ जना जोगी कैदी पनि छन् । बम्जनले आफूलाई सादा खाना माग गरेकाले अरू जोगीलाई बनाएको खाना दिने कारागारले जनाएको छ । बम्जनलाई बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार लगिएको थियो।

गत मंगलबार काठमाडौंको हात्तीगौंडाबाट उनी पक्राउ परेका थिए । उनलाई बिहीबार सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved