२०८३ चैतसम्म फास्ट ट्र्याकबाट सवारी गुड्छन् : मन्त्री उप्रेती

‘यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ । मेरो संसदीय कालभित्र म त्यो बाटोबाट गाडी चढेर घर जाने आशामा छु र प्रतिबद्धता पनि व्यक्त गर्दछु’, उनले भने ।

नेपालभ्युज

२०८३ चैतसम्म फास्ट ट्र्याकबाट सवारी गुड्छन् : मन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं- तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।

शुक्रबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् ।

उनले आफ्नो व्यक्तिगत कुण्ठा, आकांक्षाहरु नपुगेका कारण विभिन्न किसिमका हल्लाह फिँजाइएको बताए । उनले सही कुरालाई सही भन्न र गलत कुरालाई गलत भनेर राष्ट्रिय गौरवका योजनाहरुका बारेमा अवगत गराउन सके थोरै वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।

उनले काठमाडौं–तराई/मधेस द्रुतमार्ग नेपाली सेनाको कारणले नभइ राज्यको तर्फबाट नै आवश्यक ऐन, कानुन, नियम नबनाउँदा र नियमन हुन नसक्दा ढिलाइ भएको बताए । अहिले द्रुत गतिमा काम भइरहेको र यही हिसाबले काम भइरहे २०८३ सालको चैत्रसम्ममा काम सम्पन्न भइ सवारी सञ्चालन हुने प्रतिवद्धता जनाए ।

‘अब द्रुत गतिमा अघि बढेको छ । यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ । मेरो संसदीय कालभित्र म त्यो बाटोबाट गाडी चढेर घर जाने आशामा छु र प्रतिबद्धता पनि व्यक्त गर्दछु’, उनले भने ।

मन्त्रालयले सय दिनमा चीन सरकारबाट सहयोग स्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समयदेखि प्रयोगवीहीन अवस्थामा रहेका ९५ वटा सवारी साधनको दर्ता गराएको, काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved