गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँ : सांसद गौतम

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरू पुर्‍याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताइन् । उनले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने माग गरिन् ।

नेपालभ्युज

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्राउनुपर्ने बताएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताइन् ।

गौतमले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्राउनुपर्ने बताएकी हुन् । नेपालको पर्यटनको मूल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेको भन्दै त्यहाँ नआउने पर्यटकहरूबाट पर्यटन प्रबर्द्धन नहुने उनको भनाइ छ । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताइन् ।

‘सम्पत्ति एक रुपैयाँ खर्च नगर्ने, उल्टै नेपालमा आएर, नेपालीको घरमा टुटेफुटे बोलेर, बसेर खाएर फिर्ता जाने ब्याकप्याकर्स पर्यटकहरु भित्र्याएर नेपालको पर्यटन प्रर्वद्धन हुन्छ ? यसले नेपालको पर्यटन नीतिमा केही योगदान पुर्‍याउछ ? यसले हामीलाई कहाँ पुर्‍याउँछ “, गौतमको प्रश्न थियो ।

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरू पुर्‍याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताइन् । उनले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने माग गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved