बम्जनलाई पक्राउ गर्दा प्रहरीले के–के बरामद गर्यो ?

नेपालभ्युज

बम्जनलाई पक्राउ गर्दा प्रहरीले के–के बरामद गर्यो ?

काठमाडौं। हत्या, अपहरण र बलात्कारको आरोप लागेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जन हिजो बुढानिलकण्ठबाट पक्राउ परे । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्दा प्रहरीले घरको खानतलासीसमेत गरेको थियो । उनको घर बाट प्रहरीले करोडौं रुपैयाँसहित विभिन्न सामग्री बरामद गरेको छ ।

सीआइबीकाअनुसार तीन करोड तीन लाख पचहत्तर हजार पाँच सय नेपाली रुपैयाँ बरामद गरिएके थियो । उनको घरबाट विभिन्न १७ देशका मुद्रासमेत बरामद भएको छ ।

आजको विनिमय दर अनुसार विदेशी मुद्राको ३० लाख ९२ हजार चार सय ६ रुपैयाँ नेपाली हुन आउँछ । आजको विनिमय दर अनुसार विदेशी मुद्राको ३० लाख ९२ हजार चार सय ६ रुपैयाँ नेपाली हुन आउँछ ।

यो हिसाबले जम्मा बरामद रकम तीन करोड चौतीस लाख सैतीस हजार नौ सय ६ रुपैयाँ हुन आउने सीआईबीले जनाएको छ ।

पैसाको विस्तृत अनुसन्धान सिआइबीले अनुसन्धान गर्नेछ । यति धेरै पैसा घरमा राख्नु सामान्य मान्न नसकिने सिआइबीले जनाएको छ । यसको स्रोतबारे अनुसन्धान गर्ने सिआइबीले जनाएको छ ।

पैसाबाहेक अन्य नौ प्रकारका सामग्रीहरु बरामद गरिएको छ । प्रहरीकाअनुसार मोटरसाइकलका ब्लुबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी एक थान, विभिन्न प्रकार र ब्रान्डका पेनड्राइभ २० थान बरामद गरिएको छ ।

त्यस्तै सोनी लेखिएको भ्वाइसु रेकर्डर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, विभिन्न ब्रान्डका मोबाइलहरु १४ थान विभिन्न ब्रान्डका आइप्याड र ट्याबहरु पाँच थान र केही कागजपत्रहरु बरामद गरिएको हो ।

अनुसन्धानका लागि यी सामग्रीहरु बरामद गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved