पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

नेपालभ्युज

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

काठमाडौं । बलात्कार र हत्या आरोप लागेका तपस्वी भनिने रामबहादुर बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद प्रक्रिया अघि बढाएको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार बम्जनबारे पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

सीआईबीका अनुसार उनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड नगदै भुक्तानी गरेकोसमेत खुलाएको छ ।

त्यस्तै उनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल पनि प्रयोग गर्नेगरेको सीआईबीले जनाएको छ ।

यो पनि पढ्नुहोस-

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

पछिल्लोसमय बम्जनले ध्यान गर्ने गरेको देखिएन : सीआईबी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved