पछिल्लोसमय बम्जनले ध्यान गर्ने गरेको देखिएन : सीआईबी

नेपालभ्युज

पछिल्लोसमय बम्जनले ध्यान गर्ने गरेको देखिएन : सीआईबी

काठमाडौं । आफूलाई तपस्वी भन्ने गरेका रामबहादुर बम्जनले पछिल्लो समय ध्यान नगर्ने गरेको पाइएको छ । प्रहरीकाअनुसार पछिल्लो दुई महिनादेखि उनी बूढानीलकण्ठस्थित घरमा बस्दै आएका थिए ।

उनी श्रीमतीसहित परिवारसँग बस्दै आएका हुन् । उनले घरमा ध्यान गर्ने गरेको अवस्था नरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । ‘ध्यान गर्ने गरेको अवस्था देखिएन, ध्यान गर्दा आवश्यक पर्ने सामग्री केही थिएन,’ सीआईबीका अधिकारीले भने, ‘उनी दुई महिनादेखि बस्दै आएका हुन् । यो अवस्थाले उनले पछिल्लो समय ध्यान गर्ने गरेको खासै देखिएन ।’

बम्जन हिजो पक्राउ परेका थिए । पक्राउ पर्ने बेलामा उनी भाग्न खोजेको प्रहरीले जनाएको छ । उनको घरबाट तीन करोड तीन लाख नेपाली रुपैयाँ बरामद भएको थियो । त्यस्तै विभिन्न १७ देशका मुद्रासमेत बरामद भएको छ ।

आजको विनिमय दर अनुसार विदेशी मुद्राको ३० लाख ९२ हजार चार सय ६ रुपैयाँ नेपाली हुन आउँछ ।

पैसाको विस्तृत अनुसन्धान सिआइबीले अनुसन्धान गर्नेछ । यति धेरै पैसा घरमा राख्नु सामान्य मान्न नसकिने सीआईबीले जनाएको छ । यसको स्रोतबारे अनुसन्धान गर्ने सीआईबीले जनाएको छ ।

 

यो  पनि पढ्नुहोस-

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved