सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, सजाय केहीबेरमा सुनाइने

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, सजाय केहीबेरमा सुनाइने

काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएकोले केहीबेरमा तोकिएको सजाय सुनाइने छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सजाय निर्धारणका लागि भएको बहसपछि फैसला सुनाउने तयारी छ । केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका छन् ।

यसअघि जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले उनी दोषी रहेको फैसला सुनाएको हो । तर सजाय तोक्नका लागि आज पेसी तोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved