विदेशिने श्रमिकलाई निःशुल्क तालिम दिन प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

विदेशिने श्रमिकलाई निःशुल्क तालिम दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई निःशुल्क तालिम दिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरणलगायत अन्य तालिमहरू निःशुल्क दिलाउन उनले श्रममन्त्री शरतसिंह भण्डारीलाई निर्देशन दिएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रालयगत छलफलमा श्रमिक विदेश जाँदा लाग्ने खर्च नबढाउन निर्देशन दिए ।

श्रम तथा रोजगार मन्त्री भण्डारीले विदेश जाँदा लाग्ने शुल्क बढाएको भन्दै सरकारको आलोचना भएको छ । सोबारे प्रधानमन्त्रीले शुल्क बढाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

मंगलबार मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् । सो छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको भन्दै श्रमिकलाई आर्थिक भार पर्न दिन नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved