शेयर बजारमा उत्साह, दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

नेपालभ्युज

शेयर बजारमा उत्साह, दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । आइतबार दोहोरो अंकले घटेको बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले नै बढेको छ।

नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ । आइतबार नेप्से २६ अंकले घटेको थियो । ३०९ कम्पनीका १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ।

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिंगटी हाइड्रो पावर, मोदी इनर्जी, त्रिशूली जल विद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउस कम्पनी, हिमालयन रिइन्स्योरेन्स र तेह्रथुम पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार भएका १३ उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिएको छ । ११२ कम्पनीको मूल्य बढ्दा २९ वटाको घट्यो भने ५ को स्थिर रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved