प्रदेश सभामा हारेकी पूजा चौधरी जसपाबाट राष्ट्रिय सभाको उम्मेदवार

नेपालभ्युज

प्रदेश सभामा हारेकी पूजा चौधरी जसपाबाट राष्ट्रिय सभाको उम्मेदवार

काठमाडौं । २०७९ को निर्वाचनमा प्रदेश सभामा हारेकी पूजा चौधरीलाई जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी चौधरी रौतहट क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (१) मा उम्मेदवार बनेकी थिइन् । उनले स्वतन्त्र उम्मेदवार केशव रायसँग हार व्यहोरेकी हुन् ।

११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसँग मिलेर जसपा चुनावी मैदानमा उत्रिँदैछ । सत्ता गठबन्धनबाट पाएको एक सिटमा जसपाले पूजालाई उम्मेदवार बनाउन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved