ड्राइभर बस्ने सिट मुनिबाट ४२ किलो गाँजा बरामद

नेपालभ्युज

ड्राइभर बस्ने सिट मुनिबाट ४२ किलो गाँजा बरामद

काठमाडौं । पर्सा प्रहरीले ४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।

प्रहरीकाअनुसार करिब ४२ किलो गाँजासहित मकवानपुर भिमफेदी–९ का सुमन ब्लोन र पर्सा पटेर्वासुगौली–४ का बिनोद राम रहेका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गण्डकबाट देवरियातर्फ जाँदै गरेको बा.प्र.०३–००१ च.१५४० नम्बरको पिकअपलाई जाँच गर्दा गाँजा भेटिएको प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

‘गाँजा आउँदैछ भन्ने सुराकीको आधारमा हामीले पिकअपलाई जाँच गरेका थियौं,’ उनले भने, ‘ड्राइभरको सिट मुनी धुलो पारेको अवस्थामा गाँजा भेटिएको हो ।’ उनले गाँजा करिब ४२ किलो बराबरको भएको बताए ।
धुलो प्लाष्टिकमा टेपले बेरिएको अवस्थामा ४२ पोका गाँजा फेला परेको हो ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा राखिएको छ । उनीहरुविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved