पहिलोपटक मुकेश अम्बानीलाई देखेर दंग परेकी थिइन् नीता

नेपालभ्युज

पहिलोपटक मुकेश अम्बानीलाई देखेर दंग परेकी थिइन् नीता

एजेन्सी । उद्योगपति मुकेश र नीता अम्बानी प्रायः आफ्नो जीवनशैलीलाई लिएर चर्चामा आइरहन्छन् ।

मुकेश र नीताको जोडी परिवारले मिलाइदिएको थियो । मध्यम खालको परिवारकी नीता पहिलोपटक मुकेश अम्बानीलाई भेट्न उनको घर गएकी थिइन् ।

जब नीता घर पुगिन्, उनी मुकेश अम्बानीलाई देखेपछि अचम्म परेकी थिइन् । खासकुरा के थियो भने नीताका लागि घरको ढोका मुकेशले नै खोलेका थिए । मुकेश सेतो शर्ट र कालो पाइन्ट लगाएर सामान्य रुपमा उभिएका थिए ।

मुकेशलाई यस्तो रुपमा देखेर नीता अचम्म परेकी थिइन् । मुकेशसँग कयौं पटक कुराकानी गरेपछि पनि नीताले सहज महसुस गरेकी थिइनन् ।

एकपटक नीता र मुकेश कारमा कतै गइरहेका थिए । साँझमा बाटोमा एकदमै ट्राफिक थियो । त्यतिबेलै मुकेशले फिल्मी तरिकाले नीतासँग सोधे, “के तिमी मसँग विवाह गर्छौं ?” त्यसपछि मुकेशले भने, जबसम्म तिमीले जवाफ दिँदैनौं त्यतिबेलासम्म गाडी चल्दैन । त्यसपछि नीताले उनलाई जवाफ दिइन् र विवाह तय भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved