करण चौधरी नाडाको हालसम्मकै कम उमेरका युवा अध्यक्ष, यस्तो छ कार्यसमिति

नेपालभ्युज

करण चौधरी नाडाको हालसम्मकै कम उमेरका युवा अध्यक्ष, यस्तो छ कार्यसमिति

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् ।  व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ ओं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष करण चौधरीसहित १७ जना केन्द्रीय समिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी पनि सर्वसम्मत भएका छन् ।

नाडाको संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।

त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित कार्यसमितिको पदावधि निर्वाचन मितिले २ वर्षको हुनेछ । निर्वाचित सदस्यहरुबाट कार्यसमितिको पदाधिकारी तय गर्ने नाडाको विधानत: व्यवस्था रहेको छ ।

चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन् । अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी, सि जी होल्दिन्ग्सका कार्यकारी निर्देशक हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved