बाहिरियो पशुपति विकास र बुढासुब्बाबीच भएको सम्झौता, किन ढाँट्न खोजिरहेछ कोषको नेतृत्व ?

कोषले पशुपति क्षेत्रमा हुने सन्ध्या आरती खिच्न बोलपत्र आह्वान गरेको र एक लाख ६० हजार रुपैयाँमा बुढासुब्बा डिजिटलले टेण्डर पारेको तथ्य सार्वजनिक भएको हो ।

नेपालभ्युज

बाहिरियो पशुपति विकास र बुढासुब्बाबीच भएको सम्झौता, किन ढाँट्न खोजिरहेछ कोषको नेतृत्व ?

काठमाडौं । आरती र दीप प्रज्ज्वलनको भिडिओ खिच्नेबारे पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटलबीच सम्झौता भएको तथ्य सार्वजनिक भएको छ ।

कोषले पशुपति क्षेत्रमा हुने सन्ध्या आरती खिच्न बोलपत्र आह्वान गरेको र एक लाख ६० हजार रुपैयाँमा बुढासुब्बा डिजिटलले टेण्डर पारेको तथ्य सार्वजनिक भएको हो ।

कोषले गत जेठ २२ गते प्रकाशित गरेको सूचनामा आरती र दीप प्रज्वलन खिच्ने ठेक्का बुढासुब्बा डिजिटलले पाएको उल्लेख छ ।

हेर्नुहोस् सूचना

कोषसँगको सम्झौताअनुसार बुढासुब्बा डिजिटलले केही दिनअघि पशुपति परिसरमा हुने आरती र दीप प्रज्ज्वलनको दृश्य अरुले खिच्ने नपाउने भन्दै सूचना जारी गर्यो । जसको चौतर्फी आलोचना भयो ।

हेर्नुहोस् सूचना

बुढासुब्बाको यो सूचनाको अतिआलोचना भएपछि कोषले शुक्रबार आफ्नो बचाउँमा अर्को सूचना जारी गर्यो । जहाँ कोषले कसैलाई पनि पशुपतिको आरती खिच्न दिने सहमति नभएको दाबी गरेको छ ।

हेर्नुहोस् सूचना

यससँगै कोषले ढाँटेको पुष्टि भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved