जसले उत्पादन गरे पनि भारतले १० हजार मेगावाट विद्युत किन्ने हो : प्रचण्ड

नेपालभ्युज

जसले उत्पादन गरे पनि भारतले १० हजार मेगावाट विद्युत किन्ने हो : प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसले उत्पादन गरे पनि भारतले १० हजार मेगावाट विद्युत किन्ने जानकारी दिएका छन् ।

शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् -काम, कर्तव्य, अधिकार र कार्यविधि_ सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन् ।

‘भारतले खरिद गर्ने भनिएकाे विद्युत उसले मात्र निर्माण गर्ने हैन, जताबाट उत्पादन भएपनि १० हजार मेगावट भारतले किन्ने सम्झौता भएको हो,’ प्रधानमन्त्री प्रचण्डले बैठकमा भने ।

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले लगानी गरेर उत्पादन गरेकाे बिजुली मात्रै किन्ने बिषयमा सम्झाैता भएकाे भए, त्याे गलत हुने भन्दै प्रधानमन्त्रीकाे जवाफ माग गरे पछि उनले साे प्रस्टीकरण दिएका हुन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved