नेपाल-भारतबीच चार बुँदे सहमति, तीनवटा प्रसारण लाइनको संयुक्त उद्घाटन

बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापारलगायत सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालभ्युज

नेपाल-भारतबीच चार बुँदे सहमति, तीनवटा प्रसारण लाइनको संयुक्त उद्घाटन

काठमाडौं । नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको छ ।

बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा व्यापारलगायत सम्झौतामा हस्ताक्षर भएको हो ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका ऊर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

त्यस्तै सहमतिअनुसार नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्नेछ ।

हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका छन् । यो सहमतिअनुसार काठमाडौंस्थित भारतीय दूताबासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्ने छ ।

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved