एमालेले आज प्रदेश पदाधिकारीलाई प्रशिक्षण दिँदै

नेपालभ्युज

एमालेले आज प्रदेश पदाधिकारीलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा एमालेले आज प्रदेश प्रदेश कमिटीका पदाधिकारीलाई प्रशिक्षण दिदै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा अहिले केहिबेरमा सुरु हुने प्रशिक्षणमा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतको सहभागिता रहेको छ ।

प्रशिक्षण भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइन एमालेले जनाएको छ । केन्द्रीय पदाधिकारीले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिनेछन् ।

नेतृत्व विकासका लागि एमालेले एकदिने अभिमुखीकरण भेला डाकेको हो । प्रदेश पदाधिकारीले आज विहान बालकोट पुगेर अध्यक्ष ओलीसँग सामूहिक भेट गरेका थिए ।

आज विहान उनीहरु अध्यक्ष ओली निवास बालकोट पुगेर सामूहीक भेट गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved