यी हुन् संसारका सबैभन्दा सस्ता बजार

नेपालभ्युज

यी हुन् संसारका सबैभन्दा सस्ता बजार

एजेन्सी । संसारमा धेरै त्यस्ता बजार छन् जहाँ थोरै पैसामा पनि धेरै सामान किनमेल गर्न सकिन्छ । यी बजारमा किनमेल गर्न भने मोलभाउ गर्ने कला हुनुपर्छ ।

आज हामी त्यस्तै केही आठ वटा बजार बारे बताउनेछौं जो संसारमा एकदमै सस्तो मानिन्छन् ।

बेंङकक, थाइल्यान्ड

बैंकक थोरै पैसामा किनमेल गर्ने बजारको रुपमा चर्चित छ । बिदाको दिनमा यहाँ चाटुचक बजार लाग्ने गर्छ जहाँ थोरै पैसामा धेरै नै किनमेल गर्न सकिन्छ ।

हनोई, भियतनाम

भियतनामको राजधानी हनोई मोलतोल गर्ने व्यक्तिका लागि एकदमै राम्रो बजार हो । यहाँ साना-साना गल्लीमा सस्तो मूल्यमा कपडा, सजावटका सामान तथा स्वादिष्ट खानेकुरा पाइन्छ ।

इस्तानबुल, टर्की

टर्कीको राजधानी इस्तानबुलको विशाल बजार तथा मसलाहरुको बजार संसारभर नै चर्चित छ । यहाँ तपाईं खासगरी मसला, गहना, कपडा सस्तो मूल्यमा खरिद गर्न सक्नुहुन्छ ।

क्वालालाम्पुर, मलेसिया

मलेसियाको राजधानी क्वालालाम्पुरमा पनि महंगा सुपरमार्केट, मलदेखि लिएर बाटोमा हुने बजार पनि एकदमै देखिनेछन् । चाइनाटाउनमा पेटालिंग स्ट्रीट मार्केट एकदमै सस्तो बजार मानिन्छ जहाँ तपाईं मन खोलेर किनमेल गर्न सक्नुहुन्छ ।

मनीला, फिलिपिन्स

फिलिपिन्सको राजधानी मनीला किनमेलका शौखिन व्यक्तिका लागि एकदमै राम्रो बजार हो । यहाँ होलसेल मूल्यमै कपडा खरिद गर्न सकिन्छ । यस्तै विद्युतीय सामग्री पनि सस्तो मूल्यमा पाइनेछ ।

लीमा, पेरु

पेरुको राजधानी लीमाको स्थानीय बजार मेर्काडो सेन्टर सस्तो मूल्यका सामानले भरिएको छ । यहाँ हातले बनाएका सजावटका सामान पनि  सस्तो मूल्यमा पाइन्छ ।

बुडापेस्ट, हंगेरी

हंगेरीको राजधानी बुडापेस्टको एक्सेरी फिलीया मार्केट मोलतोल गर्ने व्यक्तिका लागि एकदमै राम्रो बजार हो । यहाँ विभिन्न खालका कपडा तथा पुराना एन्टीक फर्निचर खरिद गर्न सकिन्छ ।

दिल्ली, भारत

भारतको राजधानी दिल्लीका धेरै बजारमा पनि सस्तो मूल्यमा सामान पाउन सकिन्छ । जसमा सरोजिनी नगर मार्केट र जनपथको नाम प्रमुख सस्तो बजारमा पर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved