ओलीजीले प्रधानमन्त्रीलाई राष्ट्रियसभामा हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो : राजेन्द्र पाण्डे

नेपालभ्युज

ओलीजीले प्रधानमन्त्रीलाई राष्ट्रियसभामा हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो : राजेन्द्र पाण्डे

काठमाडौंं । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागबण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमालेले पनि भाग मागेको ब्रिफिङ गरेका छन्।

बैठक पछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एमालेले आफूलाई जिरो नगर्नु भनेको प्रधानमन्त्रीले सुनाएको बताए ।

पाण्डेले भने, ‘ओलीजीले प्रधानमन्त्रीलाई हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो । त्यसपछि हामीले उहाँहरुको खास प्रस्ताव के हो ? भन्ने कुरा बुझेर मात्रै टुंग्याउँछौं ।’ एमालेलाई पनि समेटर जान माओवादी र कांग्रेस सहमत भएको विषयमा पत्रकारले प्रश्न गर्दा पाण्डेले यो ‘सशर्त’ हुन सक्ने बताए ।

उनले भने, ‘उहाँहरु सहमत भनेको कन्डिसनल हो । यत्ति बुझ्नुस कन्डिसनल भनेको के हुन्छ ? यसो गरेमा यसो गर्ने भन्ने हुन्छ ।’

उनले अहिलेसम्म कुनै कुरा निष्कर्षमा नपुगेकाले भोलि बिहान ९ बजे फेरि बैठक बस्ने बताए । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु सहभागी थिए  ।

हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved