राष्ट्रियसभामा एक सिट पाउने निर्णय भइसकेको छ- रेशम चौधरी

नेपालभ्युज

राष्ट्रियसभामा एक सिट पाउने निर्णय भइसकेको छ- रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभाको निर्वाचनमा आफ्नो दलले एक सिट पाउने दाबी गरेको छ ।

पार्टीका संरक्षक रेशमलाल चौधरीले सत्ता गठबन्धनमा आफ्नो दललाई एक सिट दिने सहमति भइसेको दाबी गरेका हुन् ।

यसबारे गठबन्धनको आगामी बैठकले लिखित निर्णय गर्ने चौधरीको भनाई छ ।

पार्टी महाधिवेशनबारे जानकारी दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले भने – दलहरुबीच भएको सहमति अनुमोदन गर्न पुस २१ गते बस्ने गठबन्धनको बैठकले लिखित निर्णय गर्ने छ ।

नागरिक उन्मुक्तिले आगामी पुस २६ गते पार्टीको पहिलो महाधिवेशन गर्दैछ । कैलालीको टिकापुरमा तीन दिनसम्म चल्ने महाधिवेशनमा ५२ जिल्लाका ८ हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।

पहिलो महाधिवेशनले २८ पदाधिकारी सहित ५ सय १ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने बताइएको छ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सह सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved